४ माघ २०८२, शनिबार
Follow us :

कान्ति लोकपथ : मालवाहक सवारी आवागमनमा विशेष व्यवस्था

कान्तिपुर प्रेस

ललितपुर,  –आगामी चाडपर्वलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली जाने मालवाहक सवारी साधनका लागि विशेष आवागमन व्यवस्था लागू गरेको छ।

मंगलबार जारी सूचनाअनुसार असोज १० गतेदेखि असोज १९ गतेसम्म (कोजाग्रत पूर्णिमा) १० टनभन्दा बढी क्षमताका मालवाहक सवारी साधनलाई बिहान ९ बजेपछि मात्र प्रवेश–प्रस्थान गर्न अनुमति दिइनेछ।

यस क्रममा मकवानपुरबाट ललितपुर प्रवेश बिन्दु बगुवा (बागमती गाउँपालिका–२) र ललितपुरबाट प्रस्थान बिन्दु टिकाभैरव (गोदावरी नगरपालिका–६) तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सडकका विभिन्न खण्डमा पहिरो र अन्य जोखिम रहिरहेकाले वर्षा, पहिरो वा अन्य आकस्मिक कारणले कठिनाइ आउन सक्ने चेतावनी पनि दिइएको छ। सुरक्षासम्बन्धी निकायले दिएको जानकारीअनुसार मात्र सवारी सञ्चालन गर्न र यात्रामा विशेष सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरिएको छ।

 

७ आश्विन २०८२, मंगलवार १८:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०