ललितपुर, गोदावरी — गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले नगरबासीहरूलाई भारी वर्षा र मेघगर्जन/चट्याङको सम्भावित जोखिमका कारण उच्च सतर्कता अपनाउन आग्रह गरेका गर्नुभएको छ ।
नगरप्रमुख महर्जनले सम्पूर्ण नगरबासी दाजुभाइ, दिदीबहिनीहरूलाई सुरक्षित रहन अनुरोध गर्दै भने, “कुनै आपतकालीन अवस्था वा समस्या परेमा सम्बन्धित वडा जनप्रतिनिधिसँग समन्वय गर्नुहोस्, वा तल दिइएका नम्बरहरूमा तत्काल सम्पर्क गर्न आग्रह गर्नुभएको छ। ।”
सम्पर्क नम्बरहरु :-
-9851260016
-9851235400
-9851047317
नगरपालिकाले यस सन्देश मार्फत सबै नागरिकलाई अनावश्यक जोखिम नगर्न, घर–परिवार र सम्पत्ति सुरक्षित राख्न र मौसम पूर्वानुमानअनुसार सतर्क रहन विशेष अनुरोध गरेको छ।











