२ बैशाख २०८३, बुधबार
Follow us :

जितुको ‘कार्की साइँला’ १ साउनमा आउने, यस्तो छ पहिलो झलक

कान्तिपुर प्रेस

काठमाडौं । जितु नेपालको शीर्ष भूमिका रहेको फिल्म ‘कार्की साइँला’ को प्रदर्शन मिति तय भएको छ । नयाँवर्ष २०८३ को अवसरमा निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट घोषणा गरेका हुन् ।

जसअनुसार, यो फिल्म १ साउनदेखि प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा जितुलाई उनको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । उनलाई भरियाको भूमिकामा देखाइएको छ ।

अर्थपूर्ण पोस्टरमा भरिया बनेका जितुले दुःखको पहाडलाई डोकोमा बोकेर हिँडेको देख्न सकिन्छ । जसअनुसार, यो फिल्मको कथावस्तु भरियाको जीवन संघर्ष वरपर हुनसक्ने अनुमान गर्न सकिन्छ ।

अर्थपूर्ण पोस्टरमार्फत फिल्मले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्न खोजेको देखिन्छ । यो फिल्ममा जितुको अपोजिटमा प्रियना आचार्य ‘मुन्नी’को अभिनय छ । यसअघि सार्वजनिक तस्वीर हेर्दा, फिल्ममा यी दुई दम्पतीको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

राजेन्द्र बस्नेत निर्देशित यो फिल्मको छायांकन पूर्वी नेपालका विभिन्न थलोमा गरिएको हो । फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतको अभिनय छ ।

बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताको रुपमा छन् । कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा फिल्म निर्माण भएको हो ।

१ बैशाख २०८३, मंगलवार १३:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०