५ बैशाख २०८३, शनिबार
Follow us :

कति छ विदेशी मुद्राको विनिमयदर ?

कान्तिपुर प्रेस

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख ४)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ दुई पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर ४० रुपैयाँ ६८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ आठ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ दुई पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ दुई पैसा र बिक्रीदर ४८७ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

४ बैशाख २०८३, शुक्रबार ०९:२३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०