काठमाडौं – सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक करिब दुई अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा अडिएको थियो। सो दिन
५ अर्ब ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
यसदिन नेप्से सामान्य अंकले बढ्दा कारोबार रकममा पनि बिहीबारको तुलनामा वृद्धि भएको छ। ५ अर्ब २७ करोड बढी मूल्यको कारोबार भएको छ। ३५१ स्क्रप्सको १२ करोड १ लाख ७४ हजार ५१६ कित्ता सेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँमा खरिदबिक्री भए।
तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पाल्पा सिमेन्ट इन्डस्ट्रिज,शिखर पावर डेभलपमेन्ट र माइ खोला हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २७ करोड बढीको कारोबार भयो। रिलायन्स स्पिनिङ्स मिल्स र नेसनल हाइड्रोपावरले २४/२४ करोडको सेयर कारोबार गर्दा सोलु हाइड्रोपावरको २३ करोड र आँखु खोला जलविद्युतको २० करोड बराबरको कारोबार भयो।
६ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।










