१५ बैशाख २०८३, मंगलवार
Follow us :

आर्थिक सूचकहरू सन्तोषजनक छन् : गर्भनर पौडेल

कान्तिपुर प्रेस

काठमाण्डाै – गभर्नर डा. विश्वनाथ पौडेलले देशको आर्थिक सूचकहरू सन्तोजनक रहेका बताउनुभएको छ । आज नेपाल राष्ट्र बैंकको वार्षिकाेत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान आर्थिक सूचकहरू सन्तोषजनक रहेका बताउनुभएको हो ।

गभर्नर पौडेलकाअनुसार उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ । आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो ।

शोधनान्तर बचत थप सुदृढ हुँदै गएको छ । आर्थिक वृद्धितर्फ राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरेको उहाँले जानकारी दिनुभयो ।

गभर्नर पौडेलले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार बैंकले मौद्रिक, बैंकिङ र विदेशी विनिमय नीतिहरू समयानुकूल परिमार्जन गर्दै लगेको बताउनुभयो । उहाँले चुनावपछि स्पष्ट जनादेश आएको बताउँदै अब देशमा स्थायित्व कायम हुने विश्वास व्यक्त गनुभयो ।

गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताउनुभयो । विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशत र २०२७ मा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।

मध्यपूर्वको भू–राजनीतिक तनाव, इन्धनको मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको पाैडेलको भनाइ छ ।

यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय स्थायित्वमा असर पार्नसक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।

१४ बैशाख २०८३, सोमबार १९:२४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०