१५ बैशाख २०८३, मंगलवार
Follow us :

‘लालीबजार’को आज राखिएको प्रिमियर अदालतको आदेशले रद्द

कान्तिपुर प्रेस

काठमाडौं – बादी समुदायको कथामा बनेको फिल्म ‘लालीबजार’को मंगलबार राखिएको प्रिमियर रद्द भएको छ ।

मंगलबार साँझ राखिएको प्रिमियर अदालतको आदेशसँगै अन्तिम समयमा रोकिएको हो ।

वैशाख १८ लाई प्रदर्शन मिति तोकिएको यस फिल्मलाई मंगलबार अदालतले प्रदर्शन रोक्न आदेश जारी गरेको हो । प्रदर्शनको तीन दिनअघि आदेश जारी भएको हो ।

नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको यस फिल्मले बादी समुदायको कथा उठान गरेको छ । ‘नथिया कुप्रथा’को विषय यस फिल्ममा उजागर गर्न खोजिएको निर्माण पक्षले बताएको छ ।

यो फिल्मले उक्त समुदायको चरित्रबारे प्रश्न उठाउने भन्दै रोशनी नेपालीले रिट दर्ता गरेकी थिइन् ।

अदालतले छलफलका लागि दुवै पक्षले वैशाख २२ गते बोलाएको छ । यसले पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शनमा आउने सम्भावना टरेको देखिन्छ ।

अदालतको आदेशको पालना गर्दै निर्माण पक्षले अन्तिम समयमा आएर प्रिमियर रद्द गरेको हो । यस फिल्मको लेखक र निर्देशक यम थापा हुन् ।

षट्कोण आर्टस्को ब्यानरमा यो फिल्म बनेको हो ।

१५ बैशाख २०८३, मंगलवार १५:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०