१६ बैशाख २०८३, बुधबार
Follow us :

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

कान्तिपुर प्रेस

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि सस्तिएको हो ।

आज पनि सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन एक तोला सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।

यो दिन चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ३० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

१६ बैशाख २०८३, बुधबार १२:२९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०