१४ असार २०८३, आईतवार
Follow us :

दोस्रो सर्वाधिक कमाउने भारतीय फिल्म बन्यो धुरन्धर–२

कान्तिपुर प्रेस

नयाँ दिल्ली । बलिउड अभिनेता रणबीर सिंहको फिल्म धुरन्धर–२ विश्वभर सर्वाभिक कमाउने दोस्रो भारतीय फिल्म बनेको छ ।

 विश्वभर फिल्मको कमाई १ हजार ७८८ करोड ३२ लाख भारु पुगेको छ । धुरन्धर–२ ले बाहुबली–२ लाई उछिनेको छ । बाहुबली–२ को वल्र्डवाइड कलेक्शन १ हजार ७८८ करोड ६ लाख भारु थियो । कमाईको मामिलामा धुरन्धरभन्दा अगाडि दंगल छ । यो फिल्मको वल्र्डवाइड कलेक्शन २ हजार ७० करोड छ ।

ट्रेड वेबसाइट स्याकनिल्कको अनुसार रिलिजको ४५औं दिनमा फिल्मले भारतमा २ करोड ७७ लाख नेट कलेक्सन गरेको छ । फिल्मको भारतमा नेट कलेक्सन अब १ हजार १३८ करोड ५४ लाख भारु पुगेको छ ।

भारतमा यसको ग्रस कलेक्सन १ हजार ३६२ करोड ५७ लाख भारु पुगेको छ । नेट कलेक्शन भनेको कुल टिकट बिक्री हो, जबकि ग्रस कलेक्शन भनेको कर पछिको आम्दानी हो ।

विदेशमा फिल्मको कलेक्शन अहिले ४२५ करोड ७५ लाख भारु पुगेको छ । फिल्मको वल्र्डवाइड ग्रस कलेक्शन १ हजार ७८८ करोड ३२ लाख भारु पुगेको छ ।

धुरन्धरले पाएको थियो शानदार प्रतिक्रिया

धुरन्धरको पहिलो भागले भारतीय र अन्तर्राष्ट्रिय बक्स अफिसमा असाधारण रूपमा राम्रो प्रदर्शन गरेको थियो । फिल्मले विश्वभरमा लगभग १ हजार ३०७ करोड कमाएको छ । भारतमा फिल्मको ग्रस कलेृक्शन १ हजार ५ करोड ८५ लाख भारु थियो, जबकि नेट कलेक्शन करीब ८४० करोड थियो ।

 फिल्मले विदेशी बजारमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । यसले विदेशमा लगभग २९९ करोड ५० लाख भारु कमाएको थियो । यसले अमेरिका र क्यानडामा १९३ करोड ६ लाख भारु कमाएर बाहुबली २ को रेकर्ड पनि तोडेको थियो ।

२० बैशाख २०८३, आईतवार १६:४३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०