काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगरतर्फको मतगणना सकिएको छ ।
जिल्ला/नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा ८७ मत पाएर विजयी भएका छन् । दीलसुन्दर श्रेष्ठ ८० प्राप्त गर्दै निर्वाचित भएका छन् ।
महिला सदस्यतर्फ गीता अमात्य ८१ र हीरा भट्टराईले ६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ ६३ मत पाएर विजयी भएका छन् । शिवप्रसाद घिमिरेले ६० मत पाएका छन् ।
अहिले एशोसियटतर्फको मतगणना जारी रहेको छ ।
२३ बैशाख २०८३, बुधबार ०७:१६ मा प्रकाशित












