काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहको सदस्यतर्फको मतगणना सकिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार भएको मतपरिणामअनुसार, चारजनाको समान मत आएपछि गोलाप्रथाद्वारा कार्यकाल तय गरिने बताइएको छ ।
वस्तुगत महासंघतर्फ उम्मेदवारमा सुनयना घिमिरे ११ र विश्वनाथ खनाल ९ मत ल्याएर विजयी भएका छन् ।
वस्तुगत संघतर्फको १३ जना सदस्यका लागि भएको निर्वाचनको परिणाम पनि सार्वजनिक भएको छ । जसमा २६ जनाको उमेदवारी दर्ता भएको थियो । प्राप्त मत परिणामअनुसार अरनिको राजभण्डारीले ७० मतका साथ अग्रस्थानमा रहँदै विजयी भएका छन् ।
नानीराज घिमिरेले ५२ मत, पर्शुरामदेव पाण्डेले ६२ मत, विदुर धमलाले ६८ मत, भक्तबहादुर हमालले ५६ मत, रविन पुरीले ६६ मत ल्याएका छन् ।
त्यस्तै, राजकुमार कार्कीदे ६३, लिलेन्द्र प्रधानले ६२, संघर्ष विष्टले ५१, सागर ढकालले ६८ र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी विजयी भएका छन् ।
अन्तिम चार सदस्यबीच तीव्र प्रतिस्पर्धा र गोलाप्रथाको तयारी
निर्वाचनको अन्तिम नतिजामा चारजना उमेदवारको समान मत आएपछि केही अन्योल सिर्जना भएको छ । उमेदवारहरू विकास खत्री, पुनम साह, प्रकाश अधिकारी र प्रदीप वस्तीले समान ५०–५० मत प्राप्त गरेका छन् ।
चारैजनाको मत बराबर भएपछि उनीहरूको कार्यकाल कसरी निर्धारण गर्ने भन्ने विषयमा अहिले छलफल जारी रहेको छ । निर्वाचन समितिका अनुसार, समान मत प्राप्त गर्ने यी चार सदस्यको हकमा गोलाप्रथाद्वारा कार्यकाल तय गरिनेबारे गृहकार्य भइरहेको छ । यस प्रक्रियाले कसले कति समयको कार्यकाल पाउने भन्ने टुंगो लगाउने बताइएको छ ।












