३० बैशाख २०८३, बुधबार
Follow us :

चलचित्र ‘लालीबजार’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने

कान्तिपुर प्रेस

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।

उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराइले चलचित्र शुक्रबारबाटै प्रदर्शनमा आउने बताए । यसअघि वैशाख १८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र उच्च अदालत पाटनको अन्तरिम आदेशको कारण रोकिएको थियो ।

बादी समुदायको कथामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय छ ।

षड्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । चलचित्र यम थापाले निर्देशन गरेका हुन्।

२३ बैशाख २०८३, बुधबार १८:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०