३० बैशाख २०८३, बुधबार
Follow us :

‘लालीबजार’विरुद्ध माइतीघरमा बादी समुदायको प्रदर्शन

कान्तिपुर प्रेस

काठमाडौं । चलचित्र लालीबजार विरुद्ध काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।

आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी फिल्म ‘लालीबजार’ निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे ।

चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ ।

२७ बैशाख २०८३, आईतवार १५:१९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०