३० बैशाख २०८३, बुधबार
Follow us :

‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो

कान्तिपुर प्रेस

काठमाडौं – फिल्म ‘लालीबजार’ टिमलाई छलफलका लागि सर्वोच्च अदालतले बोलाएको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले विपक्षीहरूलाई छलफलका लागि बोलाउन मंगलबार आदेश दिएको हो ।

उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा अनुमति दिएपछि डा. रोशनी बादी सर्वोच्चको ढोका ढकढकक्याउन पुगेकी हुन् ।

उनले वैशाख २५ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । सर्वोच्चमा उनले उच्च अदालत पाटन , सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र जाँच समिति, लालीबजार चलचित्र निर्माण टोली षड्कोण आर्ट्स र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएकी थिइन् ।

बादी समुदायको चरित्रमा प्रश्न उठ्ने गरी फिल्म बनाइएको भन्दै उनले प्रदर्शन रोक्न दबाब बढाइरहेकी छन् ।

२९ बैशाख २०८३, मंगलवार १६:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०