३० बैशाख २०८३, बुधबार
Follow us :

‘काजी’को ट्रेलरमा विपीन र केकीको संघर्ष

कान्तिपुर प्रेस

काठमाडौं । चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तु प्रस्ट पार्ने प्रयास गरेको छ ।

पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गरेको छ । आफ्नो प्रेम र सम्बन्ध बचाउन गरेको संघर्ष र भरोसाको कथा सिनेमाले समेटेको आंकलन ट्रेलरबाट लगाउन सकिन्छ ।

बाल्यकालमा परिवारको माया पाउन नसकेको व्यक्ति पारिवारक प्रेम बचाउन कुन हदसम्म समाजसँग लड्छ भन्ने ट्रेलरले देखाएको छ । ट्रेलरमा विपीन कार्की र केकी अधिकारीको प्रेम र संघर्ष समेटिएको छ ।

सिनेमामा विपीन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपानेलगायतको अभिनय छ ।

सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन छ ।

‘काजी’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदै छ ।

३० बैशाख २०८३, बुधबार ०९:५५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०