३० बैशाख २०८३, बुधबार
Follow us :

शेयर बजार आज पनि घट्याे, काराेबार रकम ३ अर्ब पनि पुगेन

कान्तिपुर प्रेस

काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से ४.१५ अङ्कले घटेर २ हजार ७४० दशमलव २५ विन्दुमा झरेको छ । हिजो शेयर बजार ३९ अङ्कले ओरालो लागेको थियो ।

आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । आज १७६ वटा कम्पनीको शेयर घटेकोमा ८२ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज धौलागिरि लघुवित्तको शेयर ११ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एशियन हाइड्रोपावरको शेयर ११ दशमलव ४२ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३३९ वटा कम्पनीका ५६ लाख ४३ हजार कित्ता शेयर २ अर्ब ८० करोड रुपैयाँमा किनबेच भएको छ ।

३० बैशाख २०८३, बुधबार १७:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०