काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बिहीबारयता सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार ५ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।












