१० जेष्ठ २०८३, आईतवार
Follow us :

‘रोल नं १’को इमोशनल गीत ‘मेरो लागि तिमी’ सार्वजनिक, जेठ १५ मा फिल्म प्रदर्शन हुँदै

कान्तिपुर प्रेस

काठमाडौँ । फिल्म ‘रोल नं १’को इमोशनल गीत `मेराे लागि तिमी´ सार्वजनिक भएकाे छ । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि  आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने देखाएको छ ।

सन्तानका लागि आमा–बुबा नै ईश्वर र मन्दिर हुन् भन्ने वास्तविकता यो गीतको मुख्य सन्देश रहेको छ । आफ्नो भाग्य समेत नकोरी सन्तानका लागि त्याग र संघर्ष गर्ने आमा–बुबाको महानता तथा मायालाई केन्द्रमा राखेको गीतले फिल्मको सेन्ट्रल पोइन्ट के हो भन्ने बताएको छ ।

सन्तानको खुुसी र उज्वल भविष्यका लागि जस्तो सुकै हन्डर र दुःख सहन तयार अभिभावकलाई केन्द्रमा राखेर तयार भएको गीतले फिल्मले दर्शकलाई के देखाउँदैछ भनेर प्रस्ट संकेत गरेको छ ।
गीतको भिडियोमा फिल्ममाका मुख्य कलाकार फिचर्ड छन् ।

विनोद पौडेलको निर्माण रहेको फिल्म जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो फिल्ममा समेटेको बताइएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्ममा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । फिल्मको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।

फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । फिल्मका सम्पादक मदन घिमिरे हुन् ।
निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।

१० जेष्ठ २०८३, आईतवार ०९:२४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०