१५ जेष्ठ २०८३, शुक्रबार
Follow us :

हिजो ५ हजार ५०० ले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

कान्तिपुर प्रेस

काठमाण्डौ – आज सुनको भाउ बढेको छ । हिजो तोलामा ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

१५ जेष्ठ २०८३, शुक्रबार १३:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०