काठमाडौं । सरकारले सात प्रदेशका सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
वाग्ले भने, ‘सातै वटा प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने भएको छ ।’
त्यसैगरी कर्मचारी सजयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवामा परिचालन गर्ने बताए ।





