१५ जेष्ठ २०८३, शुक्रबार
Follow us :

महँगी भत्ता कायम राख्दै २१ प्रतिशतले बढाइयो कर्मचारीको तलब

कान्तिपुर प्रेस

काठमाडौं- सरकारले निजामतीसहितका सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। तीन वर्षपछि कर्मचारीको तलब बढेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०४ को बजेट भाषणमार्फत् २१ प्रतिशतले तलब बढाएको घोषणा गरे।

उनले अहिले कायम १० प्रतिशत महँगी भत्ता पनि यथावत राखिएको बताए ।

यी दुई शीर्षक जोड्दा अब समग्रमा जम्मा २१ प्रतिशत तलब वृद्धि भएको पनि उनले घोषणा गरेका हुन् । यससँगै अब न्यूनतम् तलब ४० हजारबाट सुरू भइ एक लाखभन्दा माथि पुगेको पनि उनले बताए ।

१५ जेष्ठ २०८३, शुक्रबार १७:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०