१६ असार २०८३, मंगलवार
Follow us :

अरुण खोला–२ जलविद्युत् आयोजनामा प्राइम कमर्सियल बैंकको ३० करोड ऋण लगानी

कान्तिपुर प्रेस

दुई मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजना निर्माणका लागि हिमालयन इन्जिनियरिङ्ग एण्ड इनर्जी र प्राइम कमर्सियल बैंक बीच ऋण लगानीसम्बन्धी सम्झौता भएको छ। सोमबार आयोजित कार्यक्रममा बैंकका डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका अध्यक्ष ओमप्रसाद भट्टराई ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

आयोजनाको कुल अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ रहने बताइएको छ। यसमध्ये ३० करोड रुपैयाँ प्राइम कमर्सियल बैंकले ऋणका रूपमा उपलब्ध गराउनेछ भने बाँकी रकम प्रवर्द्धक कम्पनीहरूले स्वपुँजीमार्फत व्यवस्थापन गर्ने जनाइएको छ।

आयोजनाबाट सुख्खायाममा ४.८६४ गिगावाट-घण्टा (GWh) र वर्षायाममा ८.३१९ गिगावाट-घण्टा (GWh) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ। निर्माण कार्य सुरु भएपछि आयोजना १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप विद्युत् आपूर्ति भई ऊर्जा उत्पादन वृद्धि तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

१६ असार २०८३, मंगलवार ०७:०६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०