१९ असार २०८३, शुक्रबार
Follow us :

साताको सेयर बजार: नेप्से २६ सय ५३ बिन्दुमा, कारोबार रकममा गिरावट

साताको पाँचै दिन कारोबार भएको नेप्सेमा दुई दिन वृद्धि देखिए पनि बाँकी तीन दिन ओरालो लाग्दा परिसूचकले गति लिन सकेन। यसैगरी, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स चार सय ५९ दशमलव ८१ बिन्दुमा कायम भएको छ।

कान्तिपुर प्रेस

यस साता सेयर बजार परिसूचक (नेप्से) २६ सय ५३ दशमलव ४० बिन्दुमा सीमित भएको छ। साताको पाँचै दिन कारोबार भएको नेप्सेमा दुई दिन वृद्धि देखिए पनि बाँकी तीन दिन ओरालो लाग्दा परिसूचकले गति लिन सकेन। यसैगरी, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स चार सय ५९ दशमलव ८१ बिन्दुमा कायम भएको छ।

यस साता कुल ३ सय ६५ वटा कम्पनीको सेयर कारोबार भएको छ। जसमा ९ लाख ८३ हजार ४ सय ४३ पटकको कारोबारमा ४ करोड ३५ लाख ३२ हजार ९ सय २१ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ३२ करोड १९ लाख ६ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत साताको तुलनामा करिब २ अर्ब रुपैयाँले कम हो।

यस साता लक्ष्मी सनराइज बैंक र आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका छन्।

१९ असार २०८३, शुक्रबार २०:४५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०