नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ।
युरोको बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, बेलायती पाउण्ड २०६ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क १८९ रुपैयाँ ९३ पैसा तथा अस्ट्रेलियन डलर १०७ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।
यस्तै, क्यानेडियन डलरको बिक्रीदर १०९ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर ११९ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ७५ पैसा, साउदी रियाल ४१ रुपैयाँ ०६ पैसा र कतारी रियाल ४२ रुपैयाँ ३१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने तथा वाणिज्य बैंकको विनिमयदर फरक हुन सक्ने जनाएको छ।












