१४ श्रावण २०८३, बिहीबार
Follow us :

नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुरका कर्माचार्य सहित १९ जना मनोनीत 

कान्तिपुर प्रेस

ललितपुर/ १४ साउन: नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्द कर्माचार्य सहित १९ पदाधिकारी मनोनीत भएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सविन श्रेष्ठको सभापतित्वमा गठित व्यापार मेला समितिको मनोनयन पत्र हस्तान्तरण एवम् पहिलो वैठकका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले मनोनीतहरुलाई पत्र हस्तान्तरण गर्नुभएको हो।

सविन श्रेष्ठको सभापतित्वमा गठित व्यापार मेला समितिको उप सभापति पदमा कार्यकारिणी समिति सदस्य कार्यकारिणी सदस्य अर्जुन श्रेष्ठ, सदस्यहरुमा कार्यकारिणी समिति सदस्य दानबहादुर सुर्मेली, सिद्धार्थ उद्योग वाणिज्य संघका प्रतिनिधि नेत्र आचार्य, काभ्रे उद्योग बाणिज्य संघका प्रतिनिधि कृष्णगोपाल भैल, ललितपुर उद्योग बाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्य, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका प्रतिनिधि भुपेन्द्र भण्डारी, ललितपुर उद्योग बाणिज्य संघका प्रतिनिधि लोकमान शाक्य, मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधि प्रमोद रानाभाट, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि दिनेश गोशाई, नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल, बाँसगरी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रिनाथ बराल, नेपाल हस्तकला महासंघका उपाध्यक्ष प्रताप शाक्य, तनहुँ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध अधिकारी र सिन्धुली उद्योग वाणिज्य संघका उपाध्यक्ष नविन श्रेष्ठ मनोनीत हुनुभएको छ।

त्यस्तै, मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधिद्वय नरेन्द्र भण्डारी र प्रदीप अर्याल, लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि उपेन्द्र सुवेदी (राजु), नेपाल फ्रेट फरवार्ड एशोसियसनका अध्यक्ष राजेन्द्र संग्रौला, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमल सुन्दर श्रेष्ठ आमन्त्रित सदस्यमा मनोनीत हुनुभएको छ।

कार्यक्रममा महासङ्घका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले समितिमा सबै क्षेत्रको प्रतिनिधित्व गराउने प्रयास भएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले समितिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै मेला–महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन, पर्यटन प्रवर्द्धन गर्न तथा व्यापार–व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

उहाँले कृषि क्षेत्रको प्रवर्द्धन, उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय मेला–महोत्सव आयोजना गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। नेपालमै अन्तर्राष्ट्रियस्तरका मेला आयोजना गरी देशको पहिचान र अपनत्वलाई थप मजबुत बनाउन सकिने उहाँको भनाइ थियो।

महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशराज श्रेष्ठले व्यापार मेला समितिले प्रभावकारी काममार्फत आफ्नो क्षमता देखाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले व्यापार अभिवृद्धिसँगै मनोरञ्जन क्षेत्रको विकासमा समेत समितिले योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन र गुणस्तरीय मेला–महोत्सव आयोजना गर्न आग्रह गर्नुभयो।

महासङ्घका कोषाध्यक्ष मनिषलाल प्रधानले महासङ्घका २५ वटा समितिमध्ये व्यापार मेला समिति अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। समितिबाट प्राप्त हुने नीतिगत सुझावलाई कार्यान्वयनमा लैजान महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै चुनौती र विद्यमान विकृतिलाई पार गर्दै समिति सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

व्यापार मेला समितिका संयोजक सविन श्रेष्ठले समितिको भूमिकालाई प्रभावकारी बनाउँदै देशभरका उद्योगी–व्यवसायीमा अपनत्वको भावना विकास हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मेला–महोत्सवलाई उद्यमशीलता, उत्पादन र बजार विस्तारसँग जोडेर सञ्चालन गरिने बताउनुभयो।

समितिका उपसभापति अर्जुन श्रेष्ठले पनि समितिले उद्योगी–व्यवसायीको हितलाई केन्द्रमा राखी व्यापार प्रवर्द्धन तथा मेला व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

१४ श्रावण २०८३, बिहीबार २०:३२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०