१५ श्रावण २०८३, शुक्रबार
Follow us :

परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकको १० लाख बीमा दाबी भुक्तानी

कान्तिपुर प्रेस

काठमाडौं: कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधा प्रयोग गर्दै लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधनपछि बीमा दाबीसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी बैंकले उक्त रकम हस्तान्तरण गरेको हो। बैंकले यस रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनामार्फत बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बैंकको भनाइ छ।

बैंकका अनुसार यस्ता सुविधाले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याउँदै आर्थिक समावेशीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ बिन्दुमार्फत सेवा दिँदै आएको जनाएको छ।

बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच विस्तार गर्दै ग्राहकको वित्तीय सुरक्षा सुदृढ गर्ने उद्देश्यसहित विभिन्न निक्षेप, बीमा तथा बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ।

 

१५ श्रावण २०८३, शुक्रबार १२:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०