२६ श्रावण २०८३, मंगलवार
Follow us :

वीरगन्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ

कान्तिपुर प्रेस

वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार साँझ दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो। पक्राउ पर्नेमा भारतको सीतामढीका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।

प्रहरीले सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद गरेको जनाएको छ। बरामद रकम ५ सय र १ हजार रुपैयाँ दरका नोटमा रहेको प्रहरीले जनाएको छ।

उनीहरू प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकलमा सवार थिए।पक्राउ परेका चारै जनामाथि रकमको स्रोत तथा कारोबारबारे पर्सा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

२६ श्रावण २०८३, मंगलवार ०६:५० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०