२७ श्रावण २०८३, बुधबार
Follow us :

हाभल जोलियन म्याक्स ईभी नेपालमा : ४०० किलोमिटर रेन्ज र १५० किलोवाट मोटर

कान्तिपुर प्रेस

ग्रेटवाल मोटर्सअन्तर्गतको एसयूभी ब्रान्ड हाभलको विद्युतीय एसयूभी जोलियन म्याक्स ईभी नेपालमा बिक्री सुरु भएको छ। नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले जारी नाइमा मोबिलिटी एक्स्पोमा जोलियन म्याक्स ईभी सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।

कम्पनीले जोलियन म्याक्स ईभीको मूल्य ५९ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ। आकर्षक डिजाइन, आधुनिक प्रविधि र आरामदायी इन्टेरियरलाई प्राथमिकता दिइएको एसयूभीमा १५० किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर छ। मोटरले २६० न्युटन मिटर टर्क उत्पादन गर्छ।

जोलियन म्याक्समा ५८.३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसले एकपटकको पूर्ण चार्जमा डब्लूएलटीपी मापदण्डअनुसार ४०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। एसयूभीमा ६.६ किलोवाट एसी चार्जिङ र डीसी फास्ट चार्जिङको सुविधा छ। ब्याट्रीबाट बाहिरी विद्युतीय उपकरण सञ्चालन गर्न सकिने भीटूएल सुविधा पनि उपलब्ध छ।

४५९० एमएम लामो, १८७७ एमएम चौडा र १६७५ एमएम अग्लो जोलियन म्याक्समा १८ र १९ इन्चका एलोय ह्वील विकल्प छन्। भित्र १४.६ इन्चको मल्टिमिडिया टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, ६ स्पिकर र भ्वाइस कन्ट्रोल सिस्टम छन्।

प्यानोरामिक सनरुफ, विद्युतीय अगाडि सिट, सिट हिटिङ तथा कुलिङ, हिट पम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल र इलेक्ट्रिक टेलगेटजस्ता सुविधा पनि दिइएको छ। सुरक्षा प्रणालीतर्फ ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट निगरानी, लेन किप असिस्ट, एईबी, फ्रन्ट कोलिजन वार्निङ र चालक थकान निगरानी प्रणाली छन्।

२७ श्रावण २०८३, बुधबार १२:४५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०