२७ श्रावण २०८३, बुधबार
Follow us :

नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको आकर्षक अटो लोन अफर

कान्तिपुर प्रेस

काठमाडौं — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष सवारी कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकले ०.५ प्रतिशत सेवा शुल्कमा कर्जा सुविधा पाउनेछन्। त्यस्तै, कर्जामा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियम ब्याजदर लागू हुने बैंकले जनाएको छ।

विशेष कर्जा योजना २०८३ साउन २६ देखि ३१ गतेसम्म (११ देखि १६ अगस्ट २०२६) सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर लागू हुनेछ।

सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भएर योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार योजनाले ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै उनीहरूको आवश्यकता र रोजाइअनुसार सवारी साधन खरिद गर्न सहयोग पुर्‍याउनेछ।

योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

२७ श्रावण २०८३, बुधबार २०:२५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०