१७ भाद्र २०८३, बुधबार
Follow us :

कोन्ज्योसोमले बाढीपीडितका लागि २५ लाख ९० हजार सहयोग गर्ने

कान्तिपुर प्रेस

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख ९० हजार ९ सय ८० रुपैयाँ सहयोग गर्ने भएको छ।

गाउँपालिकाको भदौ १६ गते बसेको विशेष गाउँ कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

गाउँपालिकाका अनुसार सहयोग रकममध्ये पालिका, वडा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको तर्फबाट ७ लाख १ हजार रुपैयाँ योगदान हुनेछ।

त्यस्तै, विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट १२ लाख १८ हजार २ सय ३० रुपैयाँ, जनप्रतिनिधिको तर्फबाट १ लाख ७१ हजार ७ सय ५० रुपैयाँ र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि सम्बन्धित सबैलाई गाउँपालिकाले आग्रह गरेको छ।

१६ भाद्र २०८३, मंगलवार २०:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०