१९ भाद्र २०८३, शुक्रबार
Follow us :

महाङ्काल गाउँपालिकाले बाढीपीडितका लागि २७ लाख ४७ हजार सहयोग गर्ने

२७ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ सहयोग गर्ने

कान्तिपुर प्रेस

ललितपुरको महाङ्काल गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २७ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ सहयोग गर्ने भएको छ।

गाउँ कार्यपालिकाको भदौ १८ गते बसेको बैठकले गाउँपालिकाको तर्फबाट एकमुष्ट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।गाउँपालिकाका अनुसार सहयोग रकममध्ये गाउँ कार्यपालिका, मातहतका कार्यालय तथा विद्यालयका शिक्षक–कर्मचारीबाट १५ लाख ५८ हजार ६ सय ३८ रुपैयाँ संकलन हुनेछ। त्यस्तै, जनप्रतिनिधिका तर्फबाट १ लाख ८९ हजार २ सय ५० रुपैयाँ र गाउँपालिकाको तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराइनेछ।

कर्मचारीको योगदानमा अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायक कर्मचारीको पाँच दिन र श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको रकम समावेश गरिएको गाउँपालिकाले जनाएको छ। शिक्षकहरूको योगदान पनि कर्मचारीको तहअनुसार समान आधारमा तय गरिएको छ। त्यस्तै, जनप्रतिनिधिले १५ दिन बराबरको सेवा सुविधाबापतको रकम सहयोग गर्ने भएका छन्।

महाङ्काल गाउँपालिकाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।

१८ भाद्र २०८३, बिहीबार १८:५० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०