५ बैशाख २०८३, शनिबार
Follow us :

अझै केही दिन पहाडी भेगमा बदली र तराईमा तातो बढ्ने

कान्तिपुर प्रेस

काठमाण्डौ – पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपात भइरहँदा तराईका धेरै ठाउँमा गर्मी बढेको छ । अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश प्रदेशलगायत तराई क्षेत्रमा तापक्रम बढ्ने र कोशीलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने वर्षा र हिमपात हुने महाशाखाको भनाइ छ । हिजो पनि चितवन, तनहुँ, कास्की, लमजुङ, नवलपरासी, खोटाङ लगायतका ठाउँमा पानी परेको छ ।

आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ ।

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अरू केही भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

५ बैशाख २०८३, शनिबार ०७:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०