११ असार २०८३, बिहीबार
Follow us :

गायक रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

कान्तिपुर प्रेस

काठमाडौं । गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका थिए ।

ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले उजुरी आएको पुष्टि गरे । उनका अनुसार विद्युतीय माध्यमबाट आफूमाथि गालीगलौज गरिएको भन्दै ढकालले उजुरी दिएका छन् ।

उजुरीमा व्यक्ति तोकिएको छैन, तर गाली गरेकाहरुको सामाजिक सञ्जालको लिंक समावेश गरेर उजुरी दिइएको प्रहरीले बताएको छ ।

२५ बैशाख २०८३, शुक्रबार १५:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०