३० बैशाख २०८३, बुधबार
Follow us :

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले राजीनामा दिएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र बुझाएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत ठुलो सङ्ख्यामा राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ ।

सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे पनि आयल निगमको नेतृत्व त्यसमा नपरेको भए पनि भट्टले आफैँ राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गरेका हुन् ।

भट्टलाई २०८० फागुन ६ गतेको मन्त्रीपरिषद्ले नियुक्त गरेको थियो। त्यसअघि २०७० मा पनि कार्यकारी निर्देशक भएर काम गरेका थिए । उनको कार्यकालमा २०७१ असोज १३ गते आयल निगमले स्वचालित मूल्य प्रणाली सुरु गरेको थियो ।

३० बैशाख २०८३, बुधबार १७:२५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०