४ जेष्ठ २०८३, सोमबार
Follow us :

दुई दिनमा तोलामा साढे ८ हजार घट्यो सुन

कान्तिपुर प्रेस

काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका  लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बिहीबारयता सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार ५ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

३ जेष्ठ २०८३, आईतवार १३:४४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०