काठमाडौं । साताको सुरुआतमै सेयर बजार नकारात्मक भएको छ । सोमबार (जेठ ४) बजार १.०३ अंकले घटेको हो । योसँगै बजार २७३०.९१ विन्दुमा झरेको छ ।
यस दिन दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार ४४९ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ५८ लाख २८ हजार ६०४ कित्ता सेयर ४३ हजार ३०९ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
११९ कम्पनीको सेयर मूल्य बढेको छ । १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
इङ्ग्वा हाइड्रो, बुंगल हाइड्रो, सगरमाथा जलविद्युत् आयोजना, एनआईबीएल समृद्धि फन्ड, प्रभु बैंक डिबेन्चर उच्च कमाउने शीर्ष स्थानमा रहे ।
समूहगत सूचकतर्फ बैंकिङ, विकास बैंक, हाइड्रोपावर, इन्भेस्टमेन्ट र अन्य इन्डेक्सको सेयर मूल्य बढ्यो । बाँकी समूहको सेयर मूल्य घटेको छ ।











