काठमाडौँ: स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला सात हजार २ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबारको तुलनामा चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर चार हजार ६१५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा मूल्य बढेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४,१७९ अमेरिकी डलर र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।












