काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा जनकपुरले जित निकाल्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ। लुम्बिनीले पहिले ब्याटिङ गर्नेछ।
लुम्बिनी ५ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। आजको खेल जिते लुम्बिनीले शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाउनेछ। तर जनकपुरले जित निकालेमा ऊ शीर्ष स्थानमा उक्लिनेछ। त्यसैले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ।
आजै साँझ ५ बजे विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच अर्को खेल हुनेछ। विराटनगरले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ भने काठमाडौंले दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ।












