१४ बैशाख २०८३, सोमबार
Follow us :

सशस्त्र प्रहरी बलको आईजीपीमा नारायण दत्त पौडेल बढुवा

कान्तिपुर प्रेस

काठमाडौं । सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्यालयले वैशाख १८ देखि आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए ।

सरकारले उनी अवकाशमा जान चारदिन बाँकी हुँदै नयाँ आईजीपीमा पौडेललाई नियुक्त गरेको हो । आईजीपीका लागि एआईजीद्धय बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा थिए । तर, सरकारले बरियताको एक नम्बरमा रहेका पौडेललाई आईजीपी नियुक्त गरेको हो ।

१४ बैशाख २०८३, सोमबार १६:१७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०