बुटवल । नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोखरेलले पदबाट राजीनामा दिएका छन्।
स्वास्थ्यमा समस्या आएको कारण देखाउँदै उनले सभापति पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
पोखरेलले आफू नियमित रूपमा पार्टीका कार्यक्रममा सहभागी हुन नसकेको भन्दै जिम्मेवारी त्यागेको बताएका छन्। १४औँ अधिवेशनबाट निर्वाचित भएपछि पनि उनले लामो समयसम्म उपसभापतिलाई कार्यवाहक जिम्मेवारी दिँदै आएका थिए।
पोखरेलले आफ्नो राजीनामापछि अब जिल्ला नेतृत्व कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टीभित्र छलफल भएर निर्णय हुने विश्वास व्यक्त गरेका छन्।
१९ बैशाख २०८३, शनिबार १८:३८ मा प्रकाशित











