काठमाडौँ । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमको क्रममा बेहोस भएका हुन् ।
बेहोस भएका मध्ये ६ जनालाई सेनाको स्काई ट्रक मार्फत काठमाडौँ ल्याउन लागिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । उनले भने, ‘उताबाट स्काई ट्रक काठमाडौँको लागि उडिसकेको छ ।’
एक जना जवानको अवस्था सामान्य छ ।
८ जेष्ठ २०८३, शुक्रबार १४:५३ मा प्रकाशित











