५ श्रावण २०८३, मंगलवार
Follow us :

राहदानी सेवा, दुई दिन सेवा अवरुद्ध हुने

कान्तिपुर प्रेस

राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागेकाले दुई दिन सेवा बन्द रहने जनाएको छ।विभागले बिहीबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले असार २५ र २६ गते (जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सबै सेवा स्थगित रहनेछन्।

यसअघि असार १९ गते नै विभागले सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण ती दुई दिन सेवा प्रभावित हुने जानकारी गराएको थियो।यद्यपि, अन्य राहदानी सेवा बन्द रहे पनि पहिले नै तयार भइसकेका राहदानीको वितरण भने नियमित रूपमा जारी रहने विभागले स्पष्ट पारेको छ।मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी बुझ्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

२५ असार २०८३, बिहीबार ०६:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०