सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनाको विरोधमा आज विराटनगरमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले विभिन्न चोकमा टायर बालेर विरोध जनाएका छन्, जसका कारण बजार–पसल बन्द भएका छन् भने यातायात सेवा पनि प्रभावित भएको छ।
यद्यपि सरकार र पीडित परिवारबीच शुक्रबार बिहान घटनासम्बन्धी सहमति भइसकेको छ र सहमतिअनुसार आज दिउँसो मृतकहरूको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
यसअघि बिहीबार विराटनगरमा भएको सर्वपक्षीय बैठकले आज दिउँसो ३ बजे सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। तर केही व्यक्तिहरूले तत्काल सद्भाव र्याली निकाल्नु हतार हुने भन्दै त्यसको विरोध गरेका छन्।











