१९ बैशाख २०८३, शनिबार
Follow us :

नवलपरासी कांग्रेस जिल्ला सभापतिद्वारा राजीनामा

कान्तिपुर प्रेस

बुटवल । नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोखरेलले पदबाट राजीनामा दिएका छन्।

स्वास्थ्यमा समस्या आएको कारण देखाउँदै उनले सभापति पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

पोखरेलले आफू नियमित रूपमा पार्टीका कार्यक्रममा सहभागी हुन नसकेको भन्दै जिम्मेवारी त्यागेको बताएका छन्। १४औँ अधिवेशनबाट निर्वाचित भएपछि पनि उनले लामो समयसम्म उपसभापतिलाई कार्यवाहक जिम्मेवारी दिँदै आएका थिए।

पोखरेलले आफ्नो राजीनामापछि अब जिल्ला नेतृत्व कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टीभित्र छलफल भएर निर्णय हुने विश्वास व्यक्त गरेका छन्।

१९ बैशाख २०८३, शनिबार १८:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०