८ जेष्ठ २०८३, शुक्रबार
Follow us :

टिकापुरमा सशस्त्रका ७ जवान बेहोस, ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौँ ल्याइँदै

कान्तिपुर प्रेस

काठमाडौँ । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमको क्रममा बेहोस भएका हुन् ।

बेहोस भएका मध्ये ६ जनालाई सेनाको स्काई ट्रक मार्फत काठमाडौँ ल्याउन लागिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले  बताए । उनले भने, ‘उताबाट स्काई ट्रक काठमाडौँको लागि उडिसकेको छ ।’

 एक जना जवानको अवस्था सामान्य छ ।

८ जेष्ठ २०८३, शुक्रबार १४:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०